कांग्रेस बागमती संसदीय दलको नेतामा लामा विजयी
काठमाडाैं | पुस १३, २०७९
हेटौंडा: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी हुनुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका लामा २१ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले १६ मत पाउनुभयो । यसअघि दलको नेता बनिसकेका बानियाँ ५ मतान्तरले पराजित हुनुभयो। लामा र बानियाँ दुवै सस्थापन पक्षका हुन् ।
सर्वसम्मत रुपमा दलको नेता चयन गर्न दुवै सहमत नहुदा निर्वाचन भएको थियो । ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

